Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेनीघाट रोराङ गाउँपालिकाले कार्तिक १७ देखि बृहत खेलकुद उत्सव गर्ने

बेनीघाट रोराङ गाउँपालिकाले कार्तिक १७ देखि बृहत खेलकुद उत्सव गर्ने

इच्छाकामना न्युज

१, कार्तिक २०८०
बेनीघाट रोराङ गाउँपालिकाले कार्तिक १७ देखि बृहत खेलकुद उत्सव गर्ने
images

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले दशैं र तिहारको बीच पारेर राष्ट्रपति रनिङ शिल्ड तथा बृहत खेलकूद प्रतियोगिता तथा शैक्षिक सम्मान समारोह गर्ने भएको छ ।

images
images

आज सम्पन्न बेनीघाट रोराङ गाउँपालिकाको शिक्षा समितिको बैठकले आगामी कार्तिक १७ गते देखि २३ गते सम्म पालिका भित्रका माध्यमिक विद्यालयहरु स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर शहिद स्मृति खेलकूद, मदन भण्डारी स्मृति कप फुटबल र अध्यक्ष कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले यस प्रतियोगिता तयारीका लागि नजिक रहेका विद्यालयहरुलाई एकमुष्ट ३० हजार र राजमार्ग देखि टाढा रहेका विद्यालयहरुलाई एकमुष्ट ४० हजार दिने निर्णय समेत गरेको छ । यस पालिकामा २ निजी सहित १२ वटा माध्यामिक विद्यालय रहेका छन् । सबै तोकिएको विधामा सकेसम्म भाग लिन विद्यालयहरुलाई निर्देशन गरिएको पालिकाका शिक्षा अधिकृत बोधराज पाठकले धादिङपोष्टलाई बताए । 

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १९:५८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology