Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आँबुखैरेनीको चण्डेश्वरी आधारभुत विद्यालयले विद्यार्थीलाई टिका लगाउदै मनायो दशैं विशेष कार्यक्रम

आँबुखैरेनीको चण्डेश्वरी आधारभुत विद्यालयले विद्यार्थीलाई टिका लगाउदै मनायो दशैं विशेष कार्यक्रम

images

इच्छाकामना न्युज

२९, आश्विन २०८०
आँबुखैरेनीको चण्डेश्वरी आधारभुत विद्यालयले विद्यार्थीलाई टिका लगाउदै मनायो दशैं विशेष कार्यक्रम
images

आँबुखैरेनी । तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित चण्डेश्वरी आधारभुत विद्यालय आमडाडाँबेशीले दशैं विशेष कार्यक्रम मनाएको छ । विद्यालयले घटस्थापनाको दिन आईतबार विद्यालयमै एक कार्यक्रम गरि दशैं विशेष कार्यक्रम मनाएको हो ।

‘धर्म, परम्परा र संस्कारको सकारात्मक हस्तान्तरण, धर्म, परम्परा र संस्कार सम्बन्धी बालबालिकालाई ज्ञान’ भन्ने कुरालाई आत्मसाथ गर्दै विद्यालयले दशैं विशेष कार्यक्रम गरी दशैं मनाएको विद्यालयका प्राध्यानाध्यापक कुबेर ढकालले जानकारी दिए ।

विद्यालयका प्राध्यानाध्यापक कुबेर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मिलन भुजेल प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष मिलन भुजेलले उपस्थित विद्यार्थी र शिक्षकहरुलाई टिका जमरा लगाईदिनु भएको थियो । 

यस्तै कार्यक्रमलाई सम्बोन्धन गर्दै वडाध्यक्ष भुजेलले विद्यार्थीलाई हाम्रो संस्कार संस्कृति सिकाउनका लागि नमुना कार्यक्रम गरेकोप्रति विद्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो साथै दशैंको शुभकामना व्यक्त गर्नुहुदै दशैंलाई तडकभडकको रुपमा नभै मर्यादित रुपमा मनाउन पनि सबैलाई आग्रह गर्नुभयो ।

images
प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - ०७:४०:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology