Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

लामो समयदेखि अलपत्र रहेको सिंजाली मावि ताक्लुङको भवन बनाउन चीन सरकार तयार

लामो समयदेखि अलपत्र रहेको सिंजाली मावि ताक्लुङको भवन बनाउन चीन सरकार तयार

images

पत्रपत्रिका

२३, आश्विन २०८०
लामो समयदेखि अलपत्र रहेको सिंजाली मावि ताक्लुङको भवन बनाउन चीन सरकार तयार
images

ताक्लुङ । लामो समयको अलमलपछि शहिद लखन गाउँपालिका–४ स्थित सिंजाली माध्यमिक बिद्यालयको नयाँ भवन बन्ने भएको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनिया समकक्षी लिछयाङ बीच भएको प्रतिनिधिमण्डल स्तरीय भेटवार्तामा परियोजना कार्यान्वयनको सम्झौता भएको हो ।

भवन निर्माणका लागि नेपाल र चीन सरकार बीच करिव दश बर्ष अघि नै सम्झौता भएपनि कार्यान्वयन भएको थिएन । अव छिट्टै भवन निर्माण कार्य सुरु हुने बताइएको छ । ‘२०६७ सालदेखि भवन निर्माण गर्ने भनेर प्रक्रिया अघि बढेको हो,’ गाउँपालिका अध्यक्ष रमेश थापाले भने, ‘चिनिया दुतावास र पालिकाबिच पनि सम्झौता भइसकेको थियो तर बिभिन्न कारणले काम भने सुरु हुन सकेको थिएन ।’

परियोजना कार्यान्वयनका लागि सम्झौता भएसँगै अव निर्माण कार्य पनि अघि बढ्ने उनले अपेक्षा गरे । ‘जमिन नापजाँच र भवनको डिजाइन फाइनल गरेर गइसके, सायद अव यही आउने जनवरीदेखि काम सुरु गर्छन् होला,’ उनले भने । करिव ८० देखि ८५ करोडको लागतमा भवन निर्माण हुने बताइएको छ ।

भवन निर्माणका लागी स्थानीयद्धारा पुरानो भवन भत्काएर जग्गा खालि गर्ने काम भइरहेको उनले जानकारी दिए । भवन अभावका कारण उक्त बिद्यालयले अस्थायी टहरामा पठनपाठन संचालन गरिरहेको छ । चीन सरकारले १० वटा हिमाली जिल्लामा हिमाली आवासीय विद्यालय वनाउन गरेको सम्झौता अनुसार सिंजाली मावि पनि छनोटमा परेको हो ।

सन् २०१३ मा चिनियाँ सरकारले हिमाली जिल्लामा अत्याधुनिक विद्यालय भवनलगायतका संरचना वनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सँग सम्झौता गरेको थियो । तर सिंजाली माविको भवन निर्माणको काम भने हालसम्म शुरु भएको थिएन । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - १९:१७:०९ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology