Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

माल्टामा एक लाख तलबको लोभ देखाएर ६ लाख ठगी

माल्टामा एक लाख तलबको लोभ देखाएर ६ लाख ठगी

images

इच्छाकामना न्युज

१७, आश्विन २०८०
माल्टामा एक लाख तलबको लोभ देखाएर ६ लाख ठगी
images

काठमाडौँ । माल्टाको रोजगारीमा एक लाख तलब हुने लोभ देखाएर ६ लाख ठगी भएको पाइएको छ। तनहुँको व्यास नगरपालिका १२ स्थाई घर भइ हाल जिल्ला काठमाडौँको थानकोट बस्ने वर्ष २९ का रञ्जन पाण्डेले विष्णुविक्रम खड्कासमेत ४ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिने भनी यसरी ठगी गरेको पाइएको छ।

त्यहाँ जान प्रतिव्यक्ति ८ लाख लाग्ने र माल्टा पुगेपछि एक लाख तलब हुने लोभ देखाएर रकम ठगी गरेका पाइएको छ। आरोपीले पीडितहरूबाट पटकपटक गरी जम्मा ६ लाख रकम ठगी गरेको भेटिएको छ।

रकम लिएर फरार भएका उनीहरूविरुद्ध वैदेशिक रोजगार विभागमा परेको निवेदनका आधारमा खोजतास गर्दा सामाखुसीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - २१:३०:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology