Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

शहिद लखनको बार्षिक प्रगति समीक्षा : प्रशासनिक भवन निर्माणदेखि सडक कालोपत्रेसम्म

शहिद लखनको बार्षिक प्रगति समीक्षा : प्रशासनिक भवन निर्माणदेखि सडक कालोपत्रेसम्म

images

इच्छाकामना न्युज

१०, आश्विन २०८०
शहिद लखनको बार्षिक प्रगति समीक्षा : प्रशासनिक भवन निर्माणदेखि सडक कालोपत्रेसम्म
images

घैरुङ । शहिद लखन गाउँपालिकाको गत आर्थिक बर्ष २०७९/८० मा कूल बजेटको ८४ प्रतिशत खर्च गर्न सफल भएको छ । चालु तर्फको खर्च प्रतिशत ८७ र पुँजीगत तर्फ ७८ प्रतिशत रहेको पालिकाले जनाएको छ । आइतवार र सोमवार सदरमुकाममा भएको जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले सो कुरा जानकारी गराएका हुन् ।

आम्दानी तर्फको प्रगति भने ८६ प्रतिशत रहेको उनले बताए । गत आर्थिकवर्ष ७६ करोड ३ लाख ६३ हजार आम्दानी हुने अनुमान गरेपनि ६५ करोड ६५ लाख ४३ हजार मात्र आम्दानी भएको उनले जानकारी दिए । बिभिन्न कर र न्यायिक दण्ड जरिवानाबाट २ करोड ७२ लाख ५९ हजार राजश्व रकम जम्मा भएको उनको भनाइ छ । उनका अनुसार गत आर्थिक बर्ष मनकामना केवलकारबाट मात्रै ७७ लाख ६० हजार राजश्व संकलन भएको छ ।

पालिकाले गत आव ६ वटा ऐन, एउटा नियमावली र तीन वटा मापदण्ड निर्माण गरेको जनाएको छ । पालिकाका अनुसार आव २०७४÷७५ देखि हालसम्म तीन वटा नीति (लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण नीति २०७७, सुशासन प्रवद्र्धन नीति २०७७ र सामाजिक समावेशिकरण नीति २०७८), ४२ वटा ऐन, ५÷५ वटा नियमावली र निर्देशिका र ४ वटा मापदण्ड निर्माण भइसकेको बताइएको छ ।

भौतिक पूर्वाधारको प्रगतितर्फ गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण कार्यलाई पनि समावेश गरेको छ । हालसम्म भवनको ८५ प्रतिशत काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । त्यस्तै गाउँपालिका स्तरीय १५ शैयाको आधारभूत अस्पताल निर्माण कार्यको २० प्रतिशत प्रगति भएको उनले जानकारी दिए ।

उनका अनुसार लखनथापा लोकमार्गअन्तर्गत नामजुङ घैरुङ सडक खण्डको ३.५ कि मि सडक कालोपत्रे कार्यको २५ प्रतिशत काम सम्पन्न भएको छ । देउराली रानीश्वाँरा तीनघरे चिसापानी तिनमाने घैरुङ सडक स्तरोन्नति कार्यको पहिलो चरणको काम सम्पन्न सकेर दोस्रो चरणको ८० प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

मनकामना क्षेत्रको बोका सफाइ केन्द्रबाट निस्कने लादीबाट वायोग्यास उत्पादन गर्न १५ घनमिटर क्षमताको बायोग्यास प्लान्ट निर्माण गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । ‘गत आव चारवटा झोलुङ्गे पुलहरु निर्माण भयो,’ उनले भने, ‘वडा नम्वर ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणको ५० प्रतिशत काम पनि सम्पन्न भइसक्यो ।’ बक्राङ दिप्लिङ गुर्दुम मास्कीछाप सडक स्तरोन्नति कार्यको पनि ८८ प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

बढ्दो बसाइसराइलाई पालिकाको समस्याको रुपमा लिएको छ । त्यस्तै सरकारी अनुदानको उचित व्यवस्थापन गर्नु, सामदायिक बिद्यालयको शैक्षिक उपलब्धी सुधार गर्नु लगायतका बिषयलाई पालिकाले चुनौतीको रुपमा लिएको छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - २२:०४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology