आँबुखैरेनी । आँबुखैरेनी अस्पतालको लागि विभिन्न अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु प्राप्त भएको छ । पालिका अध्यक्ष शुक्र चुमानको निरन्तर प्रयासमा जि.पि.कोईराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्रबाट अस्पताललाई विभिन्न अत्यावश्यक सामाग्री प्राप्त भएको हो ।

२० थान अक्सिजन कन्र्सट्«याटर, ४० थान फोल्डीङ्ग बेड, ४० थान आईभी स्ट्याण्ड, ३० थान बेड साईड लकर, १ थान ५०० एक्सरे मेसिन सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
