Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आफ्नै परिवारबाट १५ बर्षदेखि बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै शहिद लखन बतासेकी एक महिला

आफ्नै परिवारबाट १५ बर्षदेखि बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै शहिद लखन बतासेकी एक महिला

images

इच्छाकामना न्युज

७, आश्विन २०८०
आफ्नै परिवारबाट १५ बर्षदेखि बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै शहिद लखन बतासेकी एक महिला
images

घैरुङ । सहिद लखन गाउँपालिका ६ बतासेकी एक महिला बिगत १५ बर्षदेखि बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै आएकी छिन् । ७२ बर्षकी वृद्धाले आफ्नै परिबारको सदस्यबाट बोक्सीको आरोपमा दुव्र्यबहार खेप्दै आएकी हुन् ।

श्रीमान र कान्छो छोराको मृत्यू भएपछि आफ्नै साहिँली बुहारीबाट बोक्सीको आरोपमा दुव्र्यबहार बेहोर्नु परेको उनको भनाइ छ । ‘१५ बर्ष भयो, सँधै यता फर्के पनि बोक्सीबूढी भन्ने, उता फर्के पनि बोक्सीबूढी भनेर बस्नखान दिन्न । सहिनसक्नु भएर प्रहरीलाई गुहारेको हो’, पीडित वृद्धाले भनिन्, ‘मेरो बुढा मरेको २२ बर्ष भयो । कान्छो छोरो मरेको १५ बर्ष भयो । कान्छो छोरो बितेको दिनदेखि मलाई जता फर्के पनि बोक्सी भन्छे । धान्नै नसक्ने भएपछि अरु के गर्ने त ? प्रहरीमा जान्छु भनेर उजुरी दिन आएको हो ।’ काट्छु, मार्छु भनेर लम्कीझम्की गर्ने गरेको पनि उनले बताइन् ।

बोक्सी लाग्छ भनेर साना नाति, नातिनी खेलाउन पनि नदिने गरेको उनको गुनासो छ । ‘बोक्सी लाग्छ भनेर आफ्नै नाति, नातिनी छुन पनि दिन्न । अरुको नाति, नातिनी बरु खेलाउँछु । आफ्नो नाति, नातिनी नजिक पर्नै दिन्न’, उनी भन्छिन्, ‘मेरो छोरालाई कहिले बोक्सीको छोरो भन्छे, कहिले बोक्सीको पोइ भन्छे । कहिले तँलाई मार्दिन्छु भनेर लाठो उचालेर आउँछे, कहिले परिबारै मार्दिन्छु भन्छे ।’ अचाक्ली भएर कहिले गाउँपालिकाको न्यायिक समिति, कहिले नजिकैको प्रहरी चौकी गुहार्ने गरेको उनको भनाइ छ ।

उनले बोक्सीको आरोप लगाउने साहिँली बुहारीविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दिएकी छिन् । जाहेरीका आधारमा प्रहरीले ३१ बर्षकी चमेली भनिने विपना श्रेष्ठलाई पक्राउ गरेको छ । केही दिनअघि पक्राउ परेकी उनीविरुद्ध बिहिबार ‘बोक्सीको आरोप’ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - ०९:२८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology