आँबुखैरेनी । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले प्रतिवन्धित औषधी ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–१६ का २० बर्षिय रबि श्रेष्ठ रहेका छन् ।
काठमाण्डौबाट लमजुङ जाँदै गरेको माइक्रोमा सवार उनलाई सवारी चेकजाँचको क्रममा तनहूँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट बिहिबार दिउँसो ४ः४५ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ८७ पत्ता (८७० क्याप्सुल) ट्रामाडोल नामको औषधी भेटिएको कार्यालयले जनाएको छ । उक्त औषधी सहित उनलाई आवश्यक कारवाहीका लागी औषधी व्यवस्था बिभाग बबरमहल पठाइएको बताइएको छ ।