Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रमुख प्रशासकिय अधिकृतमा कोरोना संक्रमण देखिएको भन्दै असोज २४ सम्म अत्यावश्यक बाहेक इच्छाकामना गापाको सम्पूर्ण सेवा बन्द

प्रमुख प्रशासकिय अधिकृतमा कोरोना संक्रमण देखिएको भन्दै असोज २४ सम्म अत्यावश्यक बाहेक इच्छाकामना गापाको सम्पूर्ण सेवा बन्द

चित्र बहादुर गुरुङ

२०, आश्विन २०७७
प्रमुख प्रशासकिय अधिकृतमा कोरोना संक्रमण देखिएको भन्दै असोज २४ सम्म अत्यावश्यक बाहेक इच्छाकामना गापाको सम्पूर्ण सेवा बन्द
images

कुरिनटार, २० असोज । चितवनको इच्छाकामना गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक सम्पूर्ण सेवाहरु असोज २४ गते सम्मका लागि बन्द गरेको छ। गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साललाई कोरोना पोजेटिभ देखिएकोले सतर्कताको लागि आज देखि असोज २४ गते सम्मका लागि गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको हो। 
प्रमुख प्रशासकिय अधिकृत लम्सालको असोज १५ गते स्वाव संकलन गरी नमुना पठाइएकोमा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै सम्पूर्ण कर्मचारी र जनप्रतिनिधीहरु क्वारेन्टाईनमा बस्नपर्नुका साथै आवश्यक थप सतर्कता अपनाउनु पर्ने भएकोले अत्यावश्यक बाहेक गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गर्नुपरेको गाउँपालिकाले आज एक सूचना प्रकाशित गरी जानकारी दिएको छ। 
प्रमुख प्रशासकिय अधिकृत लम्साल अहिले होम आइसोलेशनमा बस्नु भएको छ। आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको अधिकृत लम्सालले जानकारी दिनुभयो ।

images
images

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १५:०१:५१ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology