Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

images

एजेन्सी

३१, भाद्र २०८०
ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
images

एजेन्सी । ब्राजिलको अमेजोनास राज्यमा शनिबार एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा अमेरिकी नागरिक पनि रहेको खबरमा उल्लेख छ । अमेजनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जाल पोस्टमा भनेका छन्,  ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो दुःख लागेको छ । हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न काम गरिरहेका छन्। मृतकका परिवार र आफन्तहरुसँग मेरो समवेदना र प्रार्थना  छ।’

यसअघि मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको थियो तर मृत्युबारे कुनै जानकारी दिएको थिएन । एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ कि, ‘हामी यस कठिन समयमा दुर्घटनामा ज्यान गुमाउनेहरूको गोपनीयताको सम्मानमा भरोसा गर्दछौं र अनुसन्धान अगाडि बढ्दै जाँदा सबै जानकारी प्रदान गरिनेछ ।’

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - ०७:३८:५९ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology