Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा टिकटकलाई करोडौं यूरो जरिवाना

बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा टिकटकलाई करोडौं यूरो जरिवाना

एजेन्सी

३०, भाद्र २०८०
बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा टिकटकलाई करोडौं यूरो जरिवाना
images

लण्डन । युरोपेली सङ्घ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख यूरो जरिवाना तोकेको छ ।

images
images

आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको विभिन्न उल्लङ्घनका लागि ३६ करोड ९० लाख अमेरिकी डलर बराबरको ‘प्रशासनिक जरिवाना’ बुझाउन भनेको हो ।

आयोगले टिकटकलाई आफ्नो नियमअनुसार ‘यसको प्रक्रियालाई कार्यान्वयनमा ल्याउन’ तीन महिनाको समय दिएको छ ।

ईयू सदस्य आयरल्याण्डको डीपीसीले समूहको सामान्य तथ्याङ्क सुरक्षा नियमन (जीडीपीआर) को कडा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।

तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सेप्टेम्बर २०२१ मा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूको लागि प्लेटफर्म निर्माण र व्यक्तिगत तथ्याङ्क सङ्कलन प्रक्रियाको सम्बन्धमा जीडीपीआरको साथ टिकटकको अनुगमन जाँच गर्न सुरु गरेको थियो ।

यसले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि टिकटकको उमेर प्रमाणीकरण विधिहरू पनि हेर्दा कुनै उल्लङ्घन फेला पारेन । तर प्लेटफर्मले सेवामा दर्ता गर्ने युवाहरूको जोखिमको उचित मूल्याङ्कन नगरेको बताएको छ ।

टिकटकका संयुक्त राज्य अमेरिकामा १५० मिलियन र युरोपियन युनियनमा १३४ मिलियन प्रयोगकर्ताहरू छन् । यो खासगरी युवाहरू माझ अत्यन्त लोकप्रिय छ ।

जरिवानाको जवाफमा टिकटकले फैसलासँग सम्मानपूर्वक असहमत जाहेर गरेको छ । उसले कसरी अगाडि बढ्ने भन्ने बारे सोचविचार गरिरहेको प्रतिक्रिया दिएको छ ।

‘डीपीसीको आलोचना तीन वर्ष पहिलेको सुविधा र सेटिङ्समा केन्द्रित छ, र यो हामीले अनुसन्धान सुरु हुनभन्दा पहिले नै परिवर्तन गरेका थियौं,’ टिकटकका प्रवक्ताले एएफपीसँग भनेका छन् । एएफपीको सहयोगमा

images
प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - ०७:५१:१० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology