आँबुखैरेनी । तनहुँ आँबुखैरेनी गाउँपालिकामा कार्यरत महिला कर्मचारीले हरितालिका तिजको पूर्वसन्ध्यामा वृद्वाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई दर खुवाएका छन् । उनीहरुले ऑबुखैरेनी गाउँपालिका ३ स्थित कृष्ण मन्दिरको वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई दर खुवाएका हुन् ।
वृद्धा़श्रममा रहेका ज्येष्ठ नागरिकलाई एकल महसुश नहोस् भन्नका लागि दर खुवाइएको कर्मचारी पूजा श्रेष्ठले जानकारी दिइन्।
कार्यक्रममा पूर्व सांसद गायत्री गुरुङ, पालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा लगायतको सहभागिता थियो ।