Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मिस युनिभर्सको उपाधि जैन दीपिका ग्यारेटलाई

मिस युनिभर्सको उपाधि जैन दीपिका ग्यारेटलाई

एजेन्सी

२४, भाद्र २०८०
मिस युनिभर्सको उपाधि जैन दीपिका ग्यारेटलाई
images

काठमाडौं । जैन दीपिका ग्यारेटले एसियन पेन्ट मिस युनिभर्सको उपाधि जितेकी छन् ।

images
images

उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि दीपिकाले हात पारेकी हुन् । 

गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बीच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै दीपिका विजयी भएकी हुन् । 

त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप बुद्धिसारा सुनारा, तेस्रो रनरअप सीतास्मा पोख्रेल र चौथो रनरअप अभिलासा लम्साल भए ।

विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिराएकी थिइन् ।

प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतियोगितामा टप टेन, टप फाइभ प्रतिस्पर्धीहरू छनोट गर्दै  विजेता छनोट गरेको हो । जसमा विभिन्न विधागत हिसाबमा प्रतिस्पर्धीलाई पुरस्कार एवं विषयगत टाइटलमा अवार्ड प्रदान गरेको थियो ।

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - ०९:०१:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology