भुम्लिचोक । गोरखाका गण्डकी गाउँपालिकामा जनजनमा माओवादी घरघरमा माओवादी अभियान सुरु भएको छ । आजदेखी आठ वटै वडामा विभिन्न कार्यक्रम गरि एकैसाथ अभियानको सुरुवात गरेका हुन् ।
यसैबिच वडा नम्बर ३ र ४ मा गाउँपालिका अध्यक्ष समेत रहनुभएका पार्टीका गोरखा जिल्ला संयोजक दीपक तिमिल्सिना साकारले कार्यक्रमको उद्घाटन गर्नुभयो ।
वडा नम्बर ७ र ८मा पनि ज्ञानमार्ग मावि घ्यालचेकमा सरसफाई गरि अभियानको उद्घाटन गरिएको छ । पार्टीका केन्द्रिय सदस्य सुमन देवकोटाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको े हो ।
सबै वडामा अभियानको उद्घाटन गरेको माओवादी केन्द्र गण्डकीले टोलटोमा भेला तथा प्रशिक्षण गर्ने जनाएको छ।