Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज वरिष्ठ लोकगायक नारायण रायमाझीको साङ्गीतिक साँझ हुँदै

आज वरिष्ठ लोकगायक नारायण रायमाझीको साङ्गीतिक साँझ हुँदै

इच्छाकामना न्युज

१५, भाद्र २०८०
आज वरिष्ठ लोकगायक नारायण रायमाझीको साङ्गीतिक साँझ हुँदै
images

काठमाण्डाै । वरिष्ठ लोकगायक एवम् सङ्गीतकार नारायण रायमाझीको साङ्गीतिक साँझ आज हुँदैछ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानमा नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ–२०८० हुन लागेको हो । यो कार्यक्रम दिउँसो १ बजे शुरु हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले जनाएको छ ।

images
images

गएको फागुनमा सम्पन्न भएको प्रतिष्ठानको आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले साङ्गीतिक साँझ कार्यक्रम गर्ने निर्णय गरेको थियो । रायमाझी प्रतिष्ठानका सल्लाहकार हुनुहुन्छ । कार्यक्रममा रायमाझीले आफ्ना गीतहरू प्रत्यक्ष गाउनु हुनेछ ।

साङ्गीतिक साँझमा देशभरका कलाकार तथा कला, गीत, सङ्गीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शकको उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ । रायमाझीले विसं २०४२ सालदेखि साङ्गीतिक यात्रा शुरु गर्नु भएको हो ।

पाल्पाको माथागढी गाउँपालिका–४ मा जन्मिएका रायमाझी पछिल्लो समय चलचित्र निर्देशनमा समेत सक्रिय हुनुहुन्छ । उहाँका फुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, नमुछे आमा दहीमा टीकालगायत गीत लोकप्रिय छन् ।

images
प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - ०९:१९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology