मुग्लिन । मुग्लिन–नारायणगढ सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना ६ टोपेखोला स्थित नाम्सिखोला पुलमा विहान ६ बजे पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
अहिले सवारी साधन दुइतर्फी नै रोकेर पहिरो पञ्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ । सवारी साधनलाई मुग्लिन र जुगेडीमा रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।