Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लायन्स क्लव अफ मनकामनाद्वारा मन्दिर परिसरमा १० वटा डस्टबिन वितरण

लायन्स क्लव अफ मनकामनाद्वारा मन्दिर परिसरमा १० वटा डस्टबिन वितरण

इच्छाकामना न्युज

१२, भाद्र २०८०
लायन्स क्लव अफ मनकामनाद्वारा मन्दिर परिसरमा १० वटा डस्टबिन वितरण
images

मनकामना । प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल मनकामना मन्दिरको प्राङ्गणमा हुने फोहोर मैला व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । लायन्स क्लव अफ मनकामनाद्वारा आइतबार १० वटा डस्टविन वितरण गरिएको हो ।

images
images

मन्दिर प्राङ्गणमा रहेको फोहोर मैला व्यवस्थापनका लागि क्लवले मनकामना क्षेत्र विकास समितिलाई डस्टबिन प्रदान गरिएको क्लवका अध्यक्ष मनोज जोशीले बताए । यसमा पाँच वटा डस्टबिन मा कुहिने र पाँच वटा डस्टबिनमा नकुहिने फोहोर मैला राख्न मिल्ने उनले बताए ।

सो डस्बिन क्लवका डिस्ट्रिक ३२५ एल आइपिडिजी लायन मणिरत्न शाक्यले उपलब्ध गराएको उनले जानकारी दिए । सामाजिक दायित्व अन्तरगत डस्बिन वितरण गरिएको क्लवले जनाएको छ । क्लवले यस अघि मनकामनामा रक्तदान कार्यक्रम र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - ०९:१८:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology