मुग्लिन । चितवन स्थित मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो साढे ३ घण्टादेखि अवरुद्ध रहेको छ । इच्छाकामना गाउँपालिका ६ तोपेखोलामा गएको पहिरोका कारण एकतफी भैरहेको सडकलाई दुईतर्फी खुलाउन सडक अवरुद्ध पारेर काम गरिरहेकोले पौने १ बजेदेखि सडक बन्द रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
सडक कार्यालयका अनुसार सडक खुलाउन अझै कम्तीमा १ घण्टा लाग्ने देखिन्छ ।