Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गोरखाको सहिद लखनमा रुपान्तरणका लागि सामाजिक परिचालन तालिम सम्पन्न

गोरखाको सहिद लखनमा रुपान्तरणका लागि सामाजिक परिचालन तालिम सम्पन्न

images

इच्छाकामना न्युज

६, भाद्र २०८०
गोरखाको सहिद लखनमा रुपान्तरणका लागि सामाजिक परिचालन तालिम सम्पन्न
images

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा रुपान्तरणका लागि सामाजिक परिचालन तालिम सम्पन्न भएको छ । यूएसएआईडी र एडवान् नेपालको संयुक्त आयोजना र शहिदलखन गाउँपालिकाको समन्वयमा वडा नं ७ को बुङकोटमा तालिम सम्पन भएको हो ।

भदौ १ गतेबाट ५ गते सम्म संचालन भएको तालिममा बौद्वनाथ कोशिश महिला कृषक समुहका १८ जना र वडा नं ८ को सन्तानेश्वर कोशिश महिला कृषक समुहका २० जना विपन्न महिलाहरू सहभागिता रहेका थिए । गाउँपालिकाका ९ वटै वडाका विपन्न महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउनुका साथै उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य कार्यक्रम संचालन गरिएको एडवान नेपालको गोरखा फिल्ड संयोजक कमल बहादुर बसेलले बताए ।

विपन्न महिलाहरूको कृषक समूह गठन गरी कृषि र पशुपालन सम्बन्धि तालिम दिएपछि उनिहरूको क्षमताविकास र नेतृत्व विकासका लागि यो ५ दिने रूपान्तरणकारी तालिम दिएको उनले बताए । संस्थाले गोरखाका र चितवनका करिव एक हजार जना आार्थिक र सामाजिकरूपमा विपन्न महिलाहरूलाई आत्मनिर्भर, स्वरोजगार, व्यवसायिक र नेतृत्व तहमा पुर्याउने उद्देश्यले विगत १ बर्षदेखि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको उनले जानकारी दिए ।

कार्यक्रममा सन्तानेश्वर कोशिश महिला कृषक समुहका अध्यक्ष अनु सुनारले यो तालिममा गरिबी, घरेलु हिंसा, बालविवाह, अधिकार र अवसर, भाषणकला, निर्णय लेखन, नेतृत्वविकास र आफ्नो दैनिक जिवनमा उपयोगि सिपहरू प्राप्त भएको बताइन्।

तालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ईन्दिरा तिवारीले तालिमले महिलाहरूलाई नेतृत्व गर्न सक्ने ठाउँमा पु¥याउन सघाउने अपेक्षा गरिएको बताइन् ।

कार्यक्रममा वडा ७ नं वडाका वडा अध्यक्ष शरण श्रेष्ठले तालिम निकै उपलब्धिमुलक भएको र आगामी दिनमा यसले गाउँमा उपलब्धिमुलक र परिवर्तनको काम गर्ने विश्वास व्यक्त गरेका थिए । त्यस्तै, वडा नं ८ का वडा अध्यक्ष वासुदेव ढकालले तालिमले महिलाहरुको नेतृत्व र क्षमता विकास गर्नमा धेरै सहयोग पुग्ने बताए ।

images
प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - २२:३८:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology