Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्थानीय सरकारबाट कुनै सुविधा नपाएको नवलपरासीका बोटे समूदायको गुनासो  

स्थानीय सरकारबाट कुनै सुविधा नपाएको नवलपरासीका बोटे समूदायको गुनासो  

सिआईएन

१०, माघ २०७७
स्थानीय सरकारबाट कुनै सुविधा नपाएको नवलपरासीका बोटे समूदायको गुनासो  
images

पवित्रा पराजुली, नवलपरासी, १० माघ । स्थानीय सरकार आएपछि दुरदराजका नागरिकले सेवा सुविधा र विकास पाउने अपेक्षा गरिएको थियो । तर नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर ६ का ३५ घर बोटे समूदायका मानिसहरुले स्थानीय सरकारबाट कुनै सुविधा नपाएको गुनासो गरेका छन् ।
मनमाउत्साह त छ, तर हातमा सीप नभएकै कारण, गैंडाकोट ६ बोटेटोलका स्थानीय हात बाँधेर बस्न बाध्य छन् । त्यही हातले भोट हालेर जिताएका जनप्रतिनिधीले सीप सिकाउलान् र काम पाईएला भन्ने अपेक्षा थियो । तर उनिहरुको अपेक्षा हालसम्म पूरा नभएको स्थानीय उमा वि.क.ले गुनासो गर्नुभयो । 
चुनावको समयमा बोटे समुदायका लागि सीप मूलक कार्यक्रम ल्याउने र रोजगारीको अवसर सिर्जना गर्ने जनप्रतिनिधीले बताएका थिए । तर जितेर गएकाहरु तीनवर्ष भयो, फेरी फर्किएर आएका छैनन् । बोटे समूदायका मानिसको दुखका दिन पनि फेरिएका छैनन् । मजदुरी गरेर छाक टार्नै मुस्किल परेको बताउनुहुन्छ, स्थानीयधनबहादुर बोटे ।  
नारायणी नदीकिनारमा बोटे समूदायको घर छ । तर अधिंकाश घर घामपानी छेक्ने खालका छैनन् । न रोजगारी छ, न प्रशस्त जग्गा । समिला बोटे आर्यजनका कार्यक्रम माग गर्न वडामा कति जानु भयो कति, तर उहाँको कुरा कहिलै सुनुवाई भएन । नगरपालिकाले विकाससँगै सीपमूलक तालिमहरु पनि नचलाएको होईन । तर बोटे समूदायको बस्ती जहिलै बत्तीमुनीको अँध्यारोमा पर्दै आएको छ । 
अब त्यस्तो हुन नदिने बताउनुहुन्छ, गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा ।  बोटे समूदायका मानिसहरुले स्थानीय सरकारबाट अनावश्यक सेवा सुविधा भन्दा पनि सीप र रोजगारी खोजेका छन् । तर राज्यले आफ्नो दायित्व पूरा गरेको छैन । 

images
images

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १८:५५:२२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology