Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

म्यानमारमा पहिरोमा परी २५ जनाको मृत्यु

म्यानमारमा पहिरोमा परी २५ जनाको मृत्यु

images

एजेन्सी

३१, श्रावण २०८०
म्यानमारमा पहिरोमा परी २५ जनाको मृत्यु
images

काठमाडौं । म्यानमारको दुर्गम गाउँ स्थानमा रहेको जेड खानीको पहिरोमा परी २५ जनाको मृत्यु भएको छ ।

उत्तरी म्यानमारको कचिन प्रान्तको हप्पाकान भन्ने स्थानको खानीमा पहिरोमा परी २५ जनाको ज्यान गएको हो भने १४ जना अझै वेपत्ता रहेका छन् ।

अन्तर्राष्ट्रिय सञचार माधयमका अनुसार पहिरोमा पर्नेहरुमा स्थानीय सर्वसाधारण रहेको बताइएको छ । लगातारको वर्षाका कारण खानी उत्खननको काम बन्द गरिएकोमा भूस्खलन हुन थालेपछि स्थानीयहरु बहुमूल्य पदार्थ फेला पार्ने आसामा खानी क्षेत्रमा जाँदा उक्त घटना भएको हो ।

उत्खनन भईरहेको भन्दा १ सय ८० मिटर माथिबाट खसेको माटोको ढिस्कोले उनीहरुलाई पुरेको हो ।

images
प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - ०८:३६:३६ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology