Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यसपालीको तीजमा कुरिनटारमा बृहत तीजगीत प्रतियोगिता हुने

यसपालीको तीजमा कुरिनटारमा बृहत तीजगीत प्रतियोगिता हुने

इच्छाकामना न्युज

३०, श्रावण २०८०
यसपालीको तीजमा कुरिनटारमा बृहत तीजगीत प्रतियोगिता हुने
images

मुग्लिन । नेपाली हिन्दु नारीहरुको महान् चार्ड हरीतालिका तिजको अवसरमा कुरिनटारमा वृहत तीज गीत प्रतियोगिता हुने भएको छ । इच्छाकामना सप्तरङ्गी लोक साँस्कृतिक संरक्षण मञ्चले वृहत रुपमा सो कार्यक्रम आयाजना गर्न लागेको हो । मौलिक कला संस्कृति हराउदै गएको अवस्थामा त्यसको संरक्षण र प्रवद्र्ध गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष कृष्ण बहादुर गुरुङले बताए ।

images
images

प्रतियोगितामा जुनकुनै जातीका महिला दिदीबहिनीहरु सहभागी हुन सक्ने छन् । प्रतियोगितामा सहभागीहरुले मौलिक तीज गीतको प्रस्तुती गर्दा लोक सँस्कृति झल्कने पोशाकलाई प्राथमिकता, गीतको भाव, पोशाक, सुर–ताल र नृत्यको मुल्यांकन आधारमा प्रथम, दोश्रो र तेश्रो घोषणा गरिने मञ्चका सचिव निलकण्ठ रिजाल (गोविन्द) ले जनाएको छ ।

 प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई २० हजार, तृतिय हुनेलाई १० हजार र २ वटा टिमलाई सान्त्वना पुरस्कार स्वरुप ५÷५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागीताको लागि दर्ता शुल्क २ हजार तोकिएका छ भने भदौ २८ गते सम्म टिम दर्ता गर्न सकिने आयोजकले बताएको छ । 

चितवन जिल्लाकै एकमात्र गाउँपालिका इच्छाकामना भित्र छरिएर रहेका कलाकारहरुको समुहले हराउदै गरेको कला संस्कृतिको जगेर्ना संगै लुकेर बसेका प्रतिभाको खोजी गरी प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको यस मञ्चले हरेक मुख्य चार्डपर्वहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने अध्यक्ष गुरुङ्गले जनाएका छन् ।

images
प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - ०९:०४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology