फिस्लिङ । गोरखाको गण्डकी गाउँपालिकाको वडा नम्बर ६ स्थित फिस्लिङ पुल पारी अजिङ्गर फेला परेको पत्रकार दानबहादुुर गुरुङले जानकारी दिनुभएको छ । गोरखाको गण्डकी गाउाँपलिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने मोटरेवल पुल मुनी त्रिुशली नदीको किनारमा अजिङ्गर भेटिएको उहाँले जानकारी दिनुभयो । प्रहरी सहितको टोली अजिङ्गर फेला परेको स्थानमा पुगेको छ । अजिङ्गरको उद्धार गर्ने तयारी भइरहेको गुरुङले जानकारी दिनुभयो ।