Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

होशियार रहनुस् १ किबोर्डको आवाजबाट पनि एआईले चोर्नसक्छ तपाईंको पासवर्ड

होशियार रहनुस् १ किबोर्डको आवाजबाट पनि एआईले चोर्नसक्छ तपाईंको पासवर्ड

एजेन्सी

२४, श्रावण २०८०
होशियार रहनुस् १ किबोर्डको आवाजबाट पनि एआईले चोर्नसक्छ तपाईंको पासवर्ड
images

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले भलै आफ्नो क्षमताका कारण सबैलाई आकर्षित गर्न सफल भएको छ, तर यो वैज्ञानिकहरुका लागि एक गम्भीर चिन्ताको विषय बन्दै गएको छ । एक नयाँ अनुसन्धानले आर्टिफिसियल इन्टेलिजेन्सले कम्प्युटरको किबोर्डको आवाजबाटै प्रयोगकर्ताको पासवर्ड चोरी गर्न सक्ने तथ्यको खुलासा गरेको छ ।

images
images

शोधकर्ताहरुका अुनसार एआई टूलले तपाईंको टाइपिङवाला किबोर्डको आवाजबाट पासवर्ड वा प्याटर्न पत्ता लगाउन सक्दछ । यसका लागि शोधकर्ताहरुले लर्निङ मोडल पनि तयार गरेका छन् । सो मोडलबाट उनीहरुले उक्त कार्यमा ९५ प्रतिशत सफलता हात पार्न सफल भए ।

ब्लिपिंग कम्प्युटरले सार्वजनिक गरेको रिपोर्ट अनुसार ब्रिटिस विश्वविद्यालयका शोधकर्ताहरुले ल्यापटप वा पर्सनल कम्प्युटरको माइक्रोफोनबाट कि स्ट्रोक्स अर्थात् किबोर्ड थिचेको आवाज बुझ्नका लागि लागि ध्वनी पहिचान गर्नसक्ने एआई मोडेल तयार पारे ।

अनुसन्धानका क्रममा जूम तथा स्काइपी जस्ता एपमा एल्गोरिदमको प्रयोग गरियो जहाँ सफलताको दर क्रमशः ९३ प्रतिशत र ९१.७ प्रतिशत सम्म रह्यो । उक्त लर्निङ मोडेलको प्रयोगलाई ह्याकरहरुले आम प्रयोगकर्ताको कम्प्युटर प्रणाली ह्याक गरेर डाटा चोरी गर्न सक्दछन् ।

उनीहरुले ऋयब्तल्भत नामक एक तस्वीर वर्गीकरणकर्ता प्रविधिलाई तालिम दिनका लागि साउण्ड डाटाको प्रयोग गरे जसले रेकर्ड गरेको आवाजको आधारमा थिचिएका किबोर्डका की पत्ता लगाउन सक्दछ । शोधकर्ताहरुले यो एआई मोडेल कुनै पनि साइट वा कुनै ल्यापटपमा इन्स्टल गरेर ह्याकरले किबोर्डको आवाजको आधारमा पासवर्डलगायतका डाटा चोरी गर्नसक्ने खतरा रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

images
प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १२:१५:४० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology