Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एकाबिहानै कालिखोलामा लेदो सहितको पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

एकाबिहानै कालिखोलामा लेदो सहितको पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

images

इच्छाकामना न्युज

२३, श्रावण २०८०
एकाबिहानै कालिखोलामा लेदो सहितको पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध
images

मुग्लिन । एकाबिहानै कालिखोलामा  लेदो सहितको पहिरो खसेपछि मुग्लिन–नारायणपगढ सडक खण्ड अवरुद्ध भएको छ । रातभर अविरल वर्षा भएपछि आन बिहान करिब सवा ५ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो खसेका कारण सडक  दुइतर्फी अवरुद्ध भएको हो ।  

पहिरोका कारण सडक पूर्णरुपमा दुईतर्फी नै अवरुद्ध भएको  उक्त सडक खण्डका सुपरभाईजर इश्वर क्षेत्रीले बताए । उनका अनुसार अहिले पहिरो पन्छाउने कार्य भैरहेको र थप पहिरो नखसे बढिमा ३ घण्टामा राजमार्ग सुचारु हुनेछ ।  

यसैबिच कालिखोला नजिकै नाम्सी पुलमा समेत केहिबेर अघि पहिरो खसेको छ । जसका कारण सडक सूचारु हुन अझै समय लाग्ने सुपरभाइजर क्षेत्रीले बताए ।

364184343_670450544617857_2512508764908970554_n.jpg

तस्विरः इश्वर क्षेत्री

images
प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - ०७:०१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology