काठमाण्डौ । नागढुंगा–नौबिसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज ब्रेक थ्रू हुँदैछ ।
दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ब्रेक थ्रू हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीले जानकारी दिए ।
साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलसँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ ।
२ दशमलव ६ किमी लम्बाइ रहेको मुख्य सुरुङको ५०६ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ । सुरुङको शिलान्यास ४ कात्तिक २०७६ मा भएको थियो ।