Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ललिता निवास प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री बिरुद्ध पक्राउ पूर्जी

ललिता निवास प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री बिरुद्ध पक्राउ पूर्जी

images

इच्छाकामना न्युज

२२, श्रावण २०८०
ललिता निवास प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री बिरुद्ध पक्राउ पूर्जी
images

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एकजना राज्यमन्त्री बिरुद्ध आइतबार पक्राउ पूर्जी जारी गरेको छ ।

ललिता निवास प्रकरणको दोहोराएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निवेदनका आधारमा अदालतले तत्कालिन भौतिक योजनामन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भुमिसुधार मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ बिरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

ब्यूरोका एकजना वरिष्ठ अधिकारीले यसको पुष्टि गरेको छन् । उनका अनुसार आइतबार पक्राउपूर्जी जारी भएपछि सार्वजनिक जीवनमा रहेको गच्छदार, जोशी र श्रेष्ठलाई आफै ब्यूरोमा उपस्थित भएर अनुसन्धानमा सघाउन आग्रह गरिने छ । अर्का आरोपी साहभने जनकपुर बम बिस्फोट घटनामा दोषी ठहर भएर कारागारमा रहेका छन् ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा २०४९ देखि २०६९ सम्मका विभिन्न निर्णयबाट बढी सरकारी जग्गा व्यक्तिका नाममा पुगेको घटनामा ब्यूरोले बिस्तृत अनुसन्धान गरिरहेको हो ।

ब्यूरोले घटनाका २० आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । यस्तै आइतबार नै सर्वोच्चले मुख्य निर्णयकर्तालाई समेत अनुसन्धानमा ल्याउन बाटो खुलागरेपछि सुरुवातमा यी चार बिरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

यसअघि नेता गच्छदार बिरुद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

२२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

images
प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - ०८:२३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology