Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पुलिस रिपोर्ट अब अनलाइनबाटै, यसरी लिन सकिन्छ सेवा

पुलिस रिपोर्ट अब अनलाइनबाटै, यसरी लिन सकिन्छ सेवा

images

इच्छाकामना न्युज

२२, श्रावण २०८०
पुलिस रिपोर्ट अब अनलाइनबाटै, यसरी लिन सकिन्छ सेवा
images

काठमाण्डाै । विदेश आउजाउ गर्नको लागि चाहिने पुलिस रिपोर्ट अर्थात् प्रहरी चारित्रिक प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने भएको छ ।

अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रका लागि फारम भर्नेदेखि पैसा भुक्तानीसम्मका काम हुने परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले जनाएको छ । 

यसरी लिन सकिन्छ सेवा

पुलिस रिपोर्टका लागि चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि सबैभन्दा पहिले नेपाल कन्सुलर डट जिओभी डट एनपी खोल्ने । त्यहाँ दाहिने पट्टी रहेको अनलाइन एप्लिकेसन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गर्ने ।

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि अनलाइन फारम भर्ने तरिका पढ्ने । पढिसकेपछि मैले पढेँ भन्नेमा टिक लगाउने र नेक्स्ट थिच्ने । प्रहरी चारित्रिक प्रमाणपत्रमा लेखिएको नम्बर र जन्म मिति दिएर प्रहरीबाट जारी भएको प्रमाणपत्र हेर्ने ।

विवरण ठीक भएमा बैंक वा अनलाइनबाटै राजस्व तिर्न सकिन्छ । त्यहीँ राजस्व तिरेको जनाउ दिएपछि कन्सुलर सेवा विभागले प्रमाणित गर्छ र अर्कोे दिन अनलाइनमार्फत् डाउनलोड गरेर प्रिन्ट गर्न सकिन्छ ।

images
प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - ०८:२२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology