Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ललिता निवास प्रकरण : जग्गा फर्काए मुद्दा नचलाउने

ललिता निवास प्रकरण : जग्गा फर्काए मुद्दा नचलाउने

इच्छाकामना न्युज

२१, श्रावण २०८०
ललिता निवास प्रकरण : जग्गा फर्काए मुद्दा नचलाउने
images

काठमाण्डौ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा भूमाफियाबाट खरिद गरेको तर हिनामिनाका कुनै प्रक्रियामा नदेखिएको व्यक्तिले स्वेच्छाले फिर्ता गरे उनीहरूविरुद्ध मुद्दा नचल्ने भएको छ । सरकारी वकिल कार्यालयको राय लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्यस्ता व्यक्तिलाई अदालतमा अभियोजन गर्दा ‘सरकारी साक्षी’ का रूपमा मात्र राख्ने निर्णय गरेको हो ।

images
images

बिचौलिया र भूमाफियाबाट किनेको ललिता निवास क्षेत्रको जग्गा फिर्ता गर्नेलाई मुद्दा नचलाउने ब्युरोको निर्णयपछि सिपिका खेतान हिरासतमुक्त भएकी छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक एवं बिचौलिया किटान गरिएका मीनबहादुर गुरुङबाट डेढ दशकअघि प्रतिआना ५ लाखका दरले ८ आना जग्गा किनेकी उनी केही साताअघि पक्राउ परेकी थिइन् ।

खेतानले सरकारी भन्ने थाहा नपाई आफूले प्रक्रियागत रूपमा किनेको उल्लेख गर्दै जग्गा फिर्ता गर्न तयार रहेको बताएपछि ब्युरोले जिल्ला सरकारी वकिल कार्यालयसँग राय मागेको थियो । कार्यालयले हिनामिनामा संलग्न नदेखिए प्रतिवादी बनाउन आवश्यक नभएको राय दिएपछि जग्गा फिर्ताका लागि खेतानको मन्जुरीनामा मालपोत कार्यालय पठाएर ब्युरोले उनलाई हिरासतमुक्त गरेको हो ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गर्दा जग्गा फिर्ता गरिसकेका कारण सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र एमाले नेता विष्णु पौडेलका छोरा नवीनलाई प्रतिवादी बनाएको थिएन । खेतानलगायत ६५ जनालाई भने जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो । अख्तियारको अनुसन्धानका क्रममा रेग्मीले एक आना र पौडेलले आठ जग्गा फिर्ता गरेका थिए । रेग्मीले गुरुङबाट ११ आना लिएकामा ८ आना पहिल्यै अरूलाई बेचेका थिए भने बाँकीमध्ये केही बाटोमा परेर एक आना मात्र बाँकी थियो ।

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - ०९:४२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology