कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका स्थापित नवनिर्वाचित इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्चको कार्यसमितिलाई सपथ ग्रहण तथा मञ्चको पहिलो बैठक सम्पन्न भएको छ । कुरिनटारस्थित लोकप्रिय होटलमा एक कार्यक्रमकाबिच आज नवगठित समितिका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।
साथै इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्चको पहिलो बैठक पनि आजै सम्पन्न भएको छ । बैठकले सात वटै वडामा वडा इकाई गठन गर्ने निर्णय गरेको छ । बैठकले समितिका पदाधिकारीहरुलाई कामको जिम्मेवारी तोकिएको प्रथम उपाध्यक्ष सितल गुरुङले जानकारी दिए ।
मञ्चका अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चन्द्र परियारले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सचिव निलकण्ठ रिजाल (गोविन्द)ले सञ्चालन गरेका थिए ।
इच्छाकामनामा भएका विभिन्न भाषाभाषी, संस्कृति जनजातिहरुको उत्थान र विकासको लागि काम गर्ने उदेश्यले सुखी–खुशी समृद्ध इच्छकामना, कला संस्कृति विकास हाम्रो चाहना भन्ने मुला नाराका साथ इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्च गठन गरिएको हो । मञ्चमा २५ जनाको कार्य समिति रहेको छ ।
नव गठित समितिको अध्यक्षमा कृष्ण बहादुर गुरुङ, बरिष्ठ उपाध्यक्षमा चन्द्र परियार, महिला उपाध्यक्षमा सरिता गुरुङ, प्रथम उपाध्यक्षमा शितल गुरुङ, द्धितीय उपाध्यक्षमा रमेश परियार, तृतिय उपाध्यक्षमा ओम बहादुर मगर चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा लक्ष्मी लामा, सचिवमा निलकण्ठ रिजाल, सह-सचिवमा गणेश गुरुङ्ग, सह–कोषाध्यक्षमा धन बहादुर मगर, बरिष्ठ सदस्यमा दिपेन्द्र थापा र सदस्यहरुमा किसान बाबु राना, विकास गुरुङ्ग, पदम पुरी लगायतका सदस्यहरु रहेका छन् ।