Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सुन तस्करको ‘कनेक्सन’ माओवादी नेतासम्मै पुग्यो, अनुसन्धान अवरुद्ध हुने आशंका

सुन तस्करको ‘कनेक्सन’ माओवादी नेतासम्मै पुग्यो, अनुसन्धान अवरुद्ध हुने आशंका

images

पत्रपत्रिका

१५, श्रावण २०८०
सुन तस्करको ‘कनेक्सन’ माओवादी नेतासम्मै पुग्यो, अनुसन्धान अवरुद्ध हुने आशंका
images

काठमाण्डौ । राजस्व अनुसन्धान विभागले १ सय किलो सुन तस्करी प्रकरणमा आइतबार दावा छिरिङलाई पक्राउ गरेसँगै यो प्रकरणमा राजनीतिक संलग्नता देखिएको छ । दावा पक्राउ परेसँगै अनुसन्धानलाई फराकिलो बनाउनसके यसको राजनीतिकलगायत सम्पूर्ण जालो पत्ता लाग्न सक्ने र अनुसन्धान टुंगोमा पुग्न सक्ने विश्वास गरिएको छ । तर, यो प्रकरणमा सत्तारुढ माओवादी केन्द्रकै नेताहरूको संलग्नता देखिएकाले अनुसन्धान अवरुद्ध हुने खतरासमेत बढेको छ ।

सुन तस्करीको आरोपमा ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याएर कारोबार गराउने एजेन्ट भएको स्रोतको दाबी छ । उनको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग देखिएको छ । राजस्व अनुसन्धान विभागका अधिकृतहरूले दावा सुन तस्करीमा संलग्न भएको यथेष्ट प्रमाणहरू फेला परेकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए । दावा चिनियाँ मूलका भए पनि उनीसँग नेपाली नागरिकतासमेत रहेको बताइएको छ । विभागका एक अनुसन्धान अधिकृतले पक्राउ परेका दावा सुन तस्करी प्रकरण गिरोहका प्रमुखमध्येका एक सदस्य रहेको हुन सक्ने बताए ।

उनीसँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । हालसम्म पक्राउ पर्नेहरूमा भरिया तथा सहयोगी मात्रै थिए तर आइतबार दावा पक्राउ परेसँगै यस प्रकरणका योजनाकारमध्येका एक पक्राउ परेको हुनसक्ने विश्वास विभागका अधिकारीहरूको छ । विभागका अधिकारीहरूले सुन तस्करीको क्रम र प्रवृत्ति हेर्दा यसमा ठूलैखालका व्यापारी तथा राजनीतिक नेतृत्वको समेत संलग्नता रहेको हुन सक्ने आशंका गर्दै आइरहेका थिए ।

दावालाई विभागको टोलीले काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेर पक्राउ गरेको थियो । सो होटल चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको प्रहरीस्रोतको दाबी छ । यसअघि पनि सो होटलमा प्रहरीले छापा मारी विभिन्न आपराधिक घटनामा संलग्न चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको थियो । यो समाचार नेपाल समाचारपत्रमा छ ।

images
प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - ०८:४२:२३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology