Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

यस वर्षको जुलाई एक लाख २० हजार वर्ष यताकै सबैभन्दा गर्मी महिना

यस वर्षको जुलाई एक लाख २० हजार वर्ष यताकै सबैभन्दा गर्मी महिना

images

इच्छाकामना न्युज

१२, श्रावण २०८०
यस वर्षको जुलाई एक लाख २० हजार वर्ष यताकै सबैभन्दा गर्मी महिना
images

एजेन्सी । जुलाई महिना अहिलेसम्मकै सवैभन्दा बढी गर्मी महिना भएको दाबी वैज्ञानिकहरुले गरेका छन् ।

यस वर्षको जुलाईले सन् २०१९ को गर्मीको रेकर्ड तोडेको भन्दै उनीहरुले एक लाख २० हजार वर्षमा सवैभन्दा तातो महिना भनेका हुन् ।

तापक्रमको रेकर्ड राख्न थालेको एक सय ५० वर्षको इतिहासमा सबैभन्दा उच्च तापक्रम यही जुलाई ६ तारिखमा रेकर्ड भएको उनीहरुको भनाइ छ । अनुसन्धानकर्ताहरुले भने यो तापमान एक लाख २० हजार वर्ष यताकै उच्च हो भनेका छन् । जुलाई महिनाका २३ दिन सर्वाधिक गर्मी भएको बताएका छन् ।

यी दिनहरुमा औसत तापक्रम १६ दशमलव ९५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । जुन सन् २०१९ को १६ दशमलव ६३ भन्दा बढी हो । वैज्ञानिकहरुले जैविक इन्धनको बढ्दो प्रयोगकै कारण विश्व तात्ने क्रम तीब्र भएको बताएका छन् । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले ग्लोबल वार्मिङबाट अब विश्व ग्लोबल वोइलिङतर्फ अग्रसर भएको टिप्पणी गर्नुभएको छ ।

उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अस्तित्वकै संकट आउन सक्ने भन्दै जलवायु परिवर्तनको नकारात्मक असरलाई अब कसैले नजर अन्दाज गर्न नसक्ने बताउनु भएको छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - ०९:०५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology