Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सामसङ ग्यालेक्सी वाच सिक्स सार्वजनिक, मूल्य ५६ हजार रुपैयाँ

सामसङ ग्यालेक्सी वाच सिक्स सार्वजनिक, मूल्य ५६ हजार रुपैयाँ

इच्छाकामना न्युज

११, श्रावण २०८०
सामसङ ग्यालेक्सी वाच सिक्स सार्वजनिक, मूल्य ५६ हजार रुपैयाँ
images

काठमाडौं । सामसङले ग्यालेक्सी वाच सिक्स सिरिज सार्वजनिक गरेको छ । दक्षिण कोरियामा बुधबार आयोजित अनप्याक्ड इभेन्टमा कम्पनीले दुई मोडेलमा याे सिरिज सार्वजनिक गरेकाे हाे ।

images
images

यसअन्तर्गत ग्यालेक्सी वाच सिक्स र ग्यालेक्सी वाच सिक्स क्लासिकको प्रि-अर्डर खुलाइएको छ, जसलाई अगस्ट ११ देखि विश्वबजारमा उपलब्ध गराउने कम्पनीको तयारी छ ।

सामसङको वाच सिक्स ४० एमएम र ४४ एमएम गरी दुई भर्सनमा छ, जसकाे मूल्य क्रमशः ३०० (करिब ३९ हजार रुपैयाँ ) डलर र ३३० (करिब ४३ हजार रुपैयाँ) डलर रहेको छ ।

त्यस्तै कम्पनीले वाच सिक्स क्लासिक अन्तर्गत ३४ र ४७ एमएम भेरियन्ट सार्वजनिक गरेको छ । यी भेरियन्टको सुरुवाती मूल्य क्रमशः ४०० डलर (करिब ५२ हजार रुपैयाँ) र ४३० डलर  (करिब ५६ हजार रुपैयाँ) तोकिएको छ । 

कस्तो छ ग्यालेक्सी वाच सिक्स ?

अलवेज-अन मोडमा ग्यालेक्सी वाच सिक्सको ब्याट्री ३० घण्टा र अलवेज-अन मोड अफ भएको अवस्थामा ४० घण्टा टिक्ने कम्पनीको दाबी छ । अनबोर्ड जीपीएस भएको यो स्मार्टवाचमा एमोलेड डिस्प्ले छ ।

२ जीबी र्‍याम भएको यस वाचमा १६ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यसमा एक्सिनक्स डब्लु ९३० डुअल कोर सीपीयू रहेको छ ।

यसमा एलटीई सिक्स, ब्लुटुथ ५.३, वाई-फाई २.४ र ५ गिगाहर्ज कनेक्टिभिटी सेवा छ । यो वाचले आईपी ६८ रेटिङ पाएको छ । वेयर ओएस फोरमा आधारित यो स्मार्टवाच वन यूआई फाइभ वाचबाट सञ्चालित छ ।

हेल्थ सेन्सरको कुरा गर्ने हो भने यसमा सामसङ बायो एक्टिभ सेन्सर, टेम्प्रेचर सेन्सर, एक्सेलेरोमिटर, ब्यारोमिटर, जाइरो सेन्सर, जिओम्याग्नेटिक सेन्सर र लाइट सेन्सर छन् । 

कस्तो छ ग्यालेक्सी वाच सिक्स क्लासिक ?
अलवेज-अन मोडमा ग्यालेक्सी वाच सिक्सको ब्याट्री ३० घण्टा र अलवेज-अन मोड अफ भएको अवस्थामा ४० घण्टा टिक्ने कम्पनीको दाबी छ । अनबोर्ड जीपीएस भएको यो स्मार्टवाचमा एमोलेड डिस्प्ले समावेश गरिएको छ ।

२ जीबी र्‍याम भएको यस वाचमा १६ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यसमा एक्सिनक्स डब्लु ९३० डुअल कोर सीपीयू रहेको छ ।

यसमा एलटीई सिक्स, ब्लुटुथ ५.३, वाई-फाई २.४ र ५ गिगाहर्ज कनेक्टिभिटी सेवा छ । यो वाचले पनि आईपी ६८ रेटिङ पाएको छ । 

हेल्थ सेन्सरको कुरा गर्ने हो भने यसमा सामसङ बायो एक्टिभ सेन्सर, टेम्प्रेचर सेन्सर, एक्सेलेरोमिटर, ब्यारोमिटर, जाइरो सेन्सर, जिओम्याग्नेटिक सेन्सर, लाइट सेन्सर, थ्रीडी हल सेन्सर लगायत छन् । टेकपानाबाट

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १०:३८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology