काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले हिजो साँझ नियन्त्रणमा लिएका ६६ वटा कार्टुनमा पनि सुन भएको आशंक गरिएको छ । स्थानीयहरु तथा विश्वासिलो श्रोतले जानकारी दिए अनुसार नै सुन भएको आशंकामा ती कार्टुनहरु बरामद गरिएको विभागको भनाइ रहेको छ ।
अघिल्लो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट बरामद भएको एक क्वीन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बतीयन मुलका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लीनको बयानका आधारमा अनुसन्धान गर्दा सोह्रखुट्टेको गोदाममा सुन भएको आशंका गरिएको हो ।
अघिल्लो बुधबार विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद गरेको थियो ।