Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एन्जाइटीका हुन सक्छन् यस्ता लक्षण

एन्जाइटीका हुन सक्छन् यस्ता लक्षण

images

एजेन्सी

१०, श्रावण २०८०
एन्जाइटीका हुन सक्छन् यस्ता लक्षण
images

एजेन्सी । कयौं दिन निद्रा पूरा नहुँदा र हृदय सम्बन्धी कुनै प्रकारको समस्या हुँदा कार्टिसोल हर्मोन बढ्न थाल्छ । जसले गर्दा एन्जाइटीको समस्या सुरु हुन सक्छ ।

लगातार सही तरिकाले निद्रा नलिने गरेमा पनि तपाईंले एन्जाइटीको संकेत आफ्नो शरीरमा देख्न सक्नुहुनेछ ।

जुत्तामोजा लगाउँदा पनि हातखुट्टा चिसो हुने एन्जाइटीको कारण हुने समस्या मध्ये एक हो । यसको कारणले डराउने तथा आत्तिने जस्तो समस्या पनि अनुभव हुन सक्छ ।

मांसपेशीहरु फुल्ने तथा शरीर सुन्निने जस्ता समस्या पनि देखिन सक्छन् । यी पनि एन्जाइटीका आम लक्षण मध्ये एक हुन् ।

हातखुट्टा र शरीरमा बिनाकारण कम्पन आउनु तथा पेटमा हलचल महसुस हुनु पनि एन्जाइटीका संकेत हुन सक्छन । यो समस्या कुनै गम्भीर समस्याको लक्षण पनि हुन सक्छ ।

एन्जाइटीका कारणले समस्यामा भएको व्यक्तिले आफ्नो बारेमा दिमागमा नकारात्मक विचारहरु बनाउन थाल्छ जसले गर्दा आत्मविश्वास पनि कम हुन्छ । यस्तो सही निर्णय पनि लिन सक्दैन ।

आत्मविश्वासको कमीले गर्दा जब कुनै निर्णय स्वयमले लिन नसक्दा त्यस्तो अवस्थामा डर महसुस हुन सक्छ । यस्तो पनि एन्जाइटीको संकेत हो ।
सानो सानो कुरामा डर लाग्ने तथा चिन्ता लाग्ने पनि एन्जाइटीको कारण हुन सक्छ । यसले गर्दा भविश्यमा मानसिक समस्या पनि आउन सक्छ ।

images
प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - १३:३८:२६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology