Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गलत समयमा खाने गर्दा पनि बढ्छ मोटोपन

गलत समयमा खाने गर्दा पनि बढ्छ मोटोपन

images

एजेन्सी

८, श्रावण २०८०
गलत समयमा खाने गर्दा पनि बढ्छ मोटोपन
images

एजेन्सी । स्वस्थ शरीर पाउनका लागि खानपानमा ध्यान दिनु मात्रै पर्याप्त हुँदैन । यदी सही समयमा नास्ता, खाना तथा रातको खाना खानुभएको छैन भने पनि तपाईंको तौल बढ्न थाल्छ र थकान महसुस हुन्छ ।

कैयौं मानिसहरु समय हेरेर भन्दा पनि भोकलाई हेरेर खाना खाने गर्छ । उनीहरुलाई जतिबेला भोक लाग्छ त्यतिबेला नै खाने गर्छन् । तर यस्तो गर्नु भनेको विमारीहरुलाई निम्ता दिनु हो ।

समयमा खाना नखाँदा मानिसलाई मधुमेह, उच्च रक्तचाप, अनिद्रा तथा पाचनतन्त्रसँग जोडिएको कैयौं समस्याहरु देखिन सक्छन् ।

स्वास्थ्य विशेषज्ञहरुलाई मान्ने हो भने मानिसले सुतेर उठेपछि ३ घण्टाभित्र नास्ता खानुपर्दछ । नास्ता गर्ने बिहानको एकदमै राम्रो समय भनेको ७ बजेदेखि ९ बजेको बीचलाई मानिन्छ । त्यसैले सोही समयमा नास्ता गर्ने बानी बसाल्नुहोस् ।

स्वस्थ जीवनशैलीका लागि नास्ता तथा खानाको बीचमा कम्तीमा ५ घण्टाको अन्तर हुनु पर्दछ । यदी तपाईंले बिहान ९ बजे नास्ता खानुभएको छ भने दिउँसो २ बजेसम्म खाना खान सक्नुहुन्छ ।

यदी खाना खाइसकेपछि केहीबेरमा हल्का भोक लाग्छ भने तपाईंले साँझको चिया तथा स्न्याक्स आदि ४ बजेसम्म गर्नु एकदमै राम्रो मानिन्छ । त्यस्तै रातको खानाको पनि निश्चित समय छ ।

प्रायः मानिसहरु एकदमै ढिला रातको खाना खाने गर्छन् । तर स्वस्थ रहनका लागि तपाईंले रातको खाना ७ बजेदेखि ९ बजेको बीचमा खाइसक्नुपर्ने हुन्छ । तर रातको खाना पनि सुत्नु भन्दा ३ घण्टा पहिले नै खाइसक्नुपर्ने हुन्छ ।

यस्तो खालको बानी गर्नुभयो र समयमा खाना खानुभयो भने तपाईंको पाचन प्रक्रियाले राम्रोसँग काम गर्छ जसले गर्दा तपाईं मोटोपनको शिकार हुनु पर्दैन ।

images
प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - १०:०३:२७ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology