चितवन, २० असोज । चितवनमा उपचाररत कावासोतीका एक जना कोरोना संक्रमितको ज्यान गएको छ।
चितवन मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका–५ कि ७७ वर्षिया बृद्धको ज्यान गएको अस्पतालले जनाएको छ।
असोज १६ गते अस्पतालमा भर्ना भएकी उनको आज विहान ३ः४५ वजे उपचारको क्रममा ज्यान गएको हो । उनलाई असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा ज्यान गएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिनुभयो। उनमा निमोनियार र स्वासप्रस्वास समस्या थियो।