Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रुस–युक्रेन युद्ध रोक्न आग्रह गर्दै शान्ति समाज चितवनको प्रदर्शन

रुस–युक्रेन युद्ध रोक्न आग्रह गर्दै शान्ति समाज चितवनको प्रदर्शन

images

इच्छाकामना न्युज

२९, आषाढ २०८०
रुस–युक्रेन युद्ध रोक्न आग्रह गर्दै शान्ति समाज चितवनको प्रदर्शन
images

भरतपुर । रुस–युक्रेन युद्ध अझै नरोकिएको भन्दै युद्ध रोक्न आग्रहका साथ शान्ति समाज चितवनले प्रदर्शन गरेको छ । समाजले बिहिबार भरतपुरको चौबिस कोठीमा आधा घण्टा प्रदर्शन गरेको हो । 

रुसले युक्रेनमाथि आक्रमण गरेको ५०५ दिन नाघेको छ । यो युद्धका कारण हजारौ नागरिकको मृत्यु भएको छ, शरणार्थी र आन्तरिक रुपमा विस्थापितको संख्या करोड नाघेको छ । युद्धका कारण खरबौको क्षति भएको छ । विश्व अर्थतन्त्र खलबलिएको छ । युद्ध लम्बिदै जाँदा मानवता पराजित हुँदै गइरहेको छ । रुसलाई कहालीलाग्दो यो युद्धको सिलसिला तत्काल रोक्न पुनः आग्रह गर्दै शान्ति समाज चितवनले प्रदर्शन गरेको समाजका चितवन सभापति शम्भु राउतले बताए । 

प्रदर्शनमा केन्द्रिय उपसभापति राजेन्द्र पौडेल, कोषाध्यक्ष तारा पौडेल, सदस्य सुशील राना, झलक प्रसाद अधिकारी, सुप्रिया सापकोटा, आजिवन सदस्य पुर्ण चन्द्र चापागाईं, सदस्य विश्व राज ढुंगाना, ऋषि राम खनिया, माया पोख्रेल, राम बहादुर सुनार लगायतको उपस्थित रहेको थियो ।

चितवन शाखा सभापति शम्भु राउतको सभापतित्वमा सम्पन्न प्रदर्सन कार्यक्रमको सहजिकरण शाखा सचीव जीवन के सिले गरेका थिए।

images
प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - १२:५७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology