काठमाण्डौ । गुरुङ समुदायको भाषा, सभ्यता, संस्कृति, भेष–भुषा आदिको संरक्षण गर्ने उद्देश्यले आयोजना हुँदै आइर्रहेको सौन्दर्य प्रतियोगिता ‘मिस गुरुङ्ग इन्टरनेसनल ’को पाचौँ संस्करणको अडिशन भदौ १० गतेदेखि सुरु हुने भएको छ । मृगतृष्णा फेसन हाउस काठमाण्डौले सञ्चालन गर्दै आइरहेको प्रतियोगिताको आवेदन खुला गरिएसँगै यहि भदौ १० गते देखी अडिसन सुरु हुन लागेको हो।
चौथो संस्करणसम्म सफलता पूर्वक सम्पन्न भैसकेको प्रतियोगिताको अब हुने पाँचौ संस्करणमा पहिलो पटक देश बाहिर भारतको सिक्किममा समेत अडिशन हुन लागेको आयोजक संस्थाका संचालक तृष्णा गुरुङले जानकारी दिइन् । अडिसन सिक्किमको अलावा नेपालमा काठमाडौं, पोखरा, चितवन, बुटवल, गोरखा र इटहरीमा समेत हुने उनले बताईन् ।
अडिसनका लागि छानिएका उल्लेखित शहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा ब्यक्तित्व बिकास, भाषा–संस्कृति, जीवन बिज्ञान लगायतका विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गराए पश्चात एक बिशेष समरोहका बीच असोज २९ गते “मिस गुरुङ्ग इन्टरनेसनल” लगायत बिभिन्न शीर्षकका बिजेताहरु घोषणा गरिनेछ ।
मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा सहभागी प्रतियोगिहरुलाई वर्षभरी नै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमहरुमा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियो लगायतका आय–आर्जन मुलक व्यवसायिक गतीविधीहरुमा समेत क्षमता अनुसारको अवसर प्रदान गरिनेछ । भने title winner लाई नगद पुरस्कार सहित अष्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा shows topper को रूपमा सहभागी हुने अवसर प्रदान गरिने छ ।
यस्तै प्रतियोगितामा मिस गुरुङ्ग इन्टरनेसनल सहित, मिस गुरुङ्ग इन्टरनेसनल पपुलर, 1st Runner Up, 2nd Runner up, Miss Talent, लगायत उपाधी बिजेताहरुलाई उचित नगद पुरस्कार प्रदान गरिने कुरा आयोजकले जानकारी गराएका छन् । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा अनलाइन भोटिङ्ग पाट्र्नरको रुपमा इक्च् OSR Connect रहेको छ भने प्रतियोगिता व्यवस्थापनको जिम्मा B&B Event Mania ले लिएको छ ।
कार्यक्रमलाई प्रभावकारी बनाउन एउटा सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिमा नेपाल भारत आदिवासी जनजाति मैत्री संघका केन्द्रीय अध्यक्ष बिनोद कुमार गुरूङ, राष्ट्रिय सुरक्षा परिषद पूर्व बिर्गेडियर जर्नल वरिष्ठ गीतकार एवं संगितकार निर्माण सिङ गुरूङ, भाषाविद् एवं खेमा लिपिकार बाल नरसिंह गुरूङ रहेका छन् ।
भारतको सिक्किममा हुने प्रतियोगिताको अडिशन नेपाल भारत आदिवासी जनजाति मैत्री संघले व्यवस्थापन गर्नेछ ।
प्रतियोगितामा सहभागी हुने चाहनेले तल उल्लेखित लिंकमा क्लिक गरि सहभागी आवेदन दिन सक्नेछ ।