Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली फिल्म ‘गुराँस’ ले जित्यो अवार्ड

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली फिल्म ‘गुराँस’ ले जित्यो अवार्ड

इच्छाकामना न्युज

२५, आषाढ २०८०
अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली फिल्म ‘गुराँस’ ले जित्यो अवार्ड
images

काठमाडाैँ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भ्यारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको तर्फबाट प्रदान गरिने ‘जुरी अवार्ड’ जितेको छ ।

images
images

चेक रिपब्लिकमा आयोजित महोत्सवमा यही असार २० गते गरिएको विशेष प्रदर्शनीमै चर्चा बटुलेपछि आफूहरू उत्साहित भएको निर्देशक सौरभ राईले जानकारी दिए ।

उनले भने,“पहिलोपटक गरिएको प्रदर्शनीमै पुरस्कृत हुँदा हामी उत्साहित भएका छौँ । यसले हामीलाई नियमित प्रदर्शनका लागि समेत हौसला थपेको छ ।”

सो प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान पनि सहभागी भएकी थिइन् । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिइन् ।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ ।

दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्र लेखन निर्देशक राईले नै गरेका छन् । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका र अभिनेता खगेन्द्र लामिछानेले पिताको भूमिका निर्वाह गरेका छन् ।

images
प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - ०८:२८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology