Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

‘आजबाट म अपराधी’: मेयर बालेन्द्र शाह

‘आजबाट म अपराधी’: मेयर बालेन्द्र शाह

images

इच्छाकामना न्युज

२५, आषाढ २०८०
‘आजबाट म अपराधी’: मेयर बालेन्द्र शाह
images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफैलाई अपराधी घोषणा गरेका छन् ।

सामाजिक सञ्जालहरुमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर साहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् ।

यर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको उल्लेख गर्दै भारतले प्रधानमन्त्री बनाउँछ भन्दा प्रधानमन्त्री (प्रचण्ड) ले छुट पाएको उल्लेख गरेका छन् ।

‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु,’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी।’

बालेनले भारतले बनाएको चलचित्र आदिपुरुषमा सीतालाई भारतकी छोरी भनेर प्रस्तुत गरिएपछि उनले काठमाडौँ महानगरभित्र हिन्दी चलचित्र चलाउन नै प्रतिबन्ध लगाएका थिए । त्यसविरुद्ध हलवालाहरुले उजुरी गरेपछि अहिले उनले तारिख धाउन थालेका छन् ।

images
प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - ०८:०९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology