Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

भारतमा नेपालको जस्तै पशुपतिनाथ मन्दिर निर्माण हुँदै

भारतमा नेपालको जस्तै पशुपतिनाथ मन्दिर निर्माण हुँदै

इच्छाकामना न्युज

२३, आषाढ २०८०
भारतमा नेपालको जस्तै पशुपतिनाथ मन्दिर निर्माण हुँदै
images

काठमाडौँ । भारतमा नेपालको जस्तै स्वरूपको पशुपतिनाथ मन्दिर बनाउन लागिएको छ । भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको पुर्ख्यौली गाउँ उत्तराखण्डको सैणमा सो मन्दिर निर्माण हुने भएको हो । यसका लागि नेपालका पशुपति विकास कोषले शालिग्रामबाट बनेको शिवलिङ्ग उपहार दिने भएको छ ।

images
images

सैन गाउँलाई गोद (सम्पूर्ण कुराको जिम्मेवारी लिएको) लिएको एक संस्थाका प्रमुख निवरुत्ती यादव नेपाल आएर पशुपति क्षेत्र विकास कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उत्तराखण्डको सैन गाउँमा पशुपतिनाथको मन्दिर निर्माण गर्न लागेको बारेमा जानकारी गराएको स्रोतले जनाएको छ ।

उनले अघिल्लो साता कोषका अधिकारसँग पनि यस विषयमा छलफल गरेको बताइएको छ । पशुपति मन्दिरका लागि नेपालले नन्दीको मूर्ति, त्रिशूल र एक घण्टीसमेत उपहार दिएको प्रमुख यादवले बताइन् । सो मन्दिरको निर्माण महाराष्ट्रमा सञ्चालित गैर सरकारी सङ्गठन हरिवंश राय बच्चन प्रबोधन प्रतिष्ठानले गर्न लागेको हो । उत्तराखण्डको सैन गाउँमा बन्ने सो मन्दिर नेपालको पशुपति मन्दिर जस्तै हुनेछ । तर मन्दिरको आकार भने  सानो हुने प्रमुख यादवले बताइन् ।

तर, यस विषयमा जानकारी लिन पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडासँग बुझ्दा उनले आफूलाई यस विषयमा जानकारी नरहेको बताए । कोषका सदस्य सचिव डा.मिलनकुमार थापासँग सम्पर्क गर्न खोज्दा मोबाइल अफ थियो । 

images
प्रकाशित मिति :आषाढ २३, २०८० शनिवार - ०९:४९:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology