काठमाण्डौ, ८ माघ । राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेल्दै अङ्क बाडेका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् ।
अब प्रतियोगिताको दोस्रो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ । प्रतियोगिताको तेस्रो दिन शुक्रबार एक खेल हुनेछ । उदयपुरको चौदण्डीगढी र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै राष्ट्रिय महिला लिगको अर्को खेलमा साविक विजेता एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलको अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो । जितसँगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अङ्क जोडेको छ ।