Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

करिव तीन करोडको लागतमा शहिद लखन स्थित रामेश्वरी माविको भवन बन्ने

करिव तीन करोडको लागतमा शहिद लखन स्थित रामेश्वरी माविको भवन बन्ने

images

इच्छाकामना न्युज

१३, आषाढ २०८०
करिव तीन करोडको लागतमा शहिद लखन स्थित रामेश्वरी माविको भवन बन्ने
images

गोरखा । सहिद लखन गाउँपालिका वडा नम्वर ८ को रामेश्वरी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ । चाइल्ड फण्ड जापानको आर्थिक सहयोग र एकीकरण नेपालको साझेदारीमा संचालित सामुदायिक विद्यालयको सिकाई वातावरण सुधार परियोजना अन्तर्गत भवन निर्माण हुन लागेको हो ।

दुई करोड ७१ लाख ९८ हजारको लागतमा चार कोठे भवन निर्माण हुने परियोजना अधिकृत ईश्वर घिमिरेले बताए । कक्षाकोठा व्यवस्थापन सहित खानेपानीको धारासमेत जडान हुने उनले जानकारी दिए । एक बर्षसम्म संचालन हुने परियोजनाको कुल लागत ३ करोड ६९ लाख ९८ हजार रहेको छ । परियोजना अन्तरगत विद्यालयको भवन निर्माणसँगै पालिकाभित्रका चारवटा विद्यालयका शिक्षकलाई बाल केन्द्रित शिक्षण सिकाई सम्बन्धी प्रशिक्षण समेत दिइने बताइएको छ । सामुदायिक विद्यालयको सिकाई वातावरणमा सुधार ल्याउने उद्देश्य रहेको परियोजनाले जनाएको छ ।

मंगलवार पालिकाको प्रशासनिक भवनमा भएको परियोजना अभिमुखिकरण बैठकमा परियोजनाबारे जानकारी गराइएको थियो । बैठकमा बोल्दै पालिका अध्यक्ष रमेश थापा मगरले जनज्योती प्रावि नाम्जुङटार र चण्डिका आधारभूत विद्यालयको संरचना निर्माणमा पनि सहयोग गरिदिन आग्रह गरेका छन् ।

मगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको बैठकमा जिसस उपप्रमुख लिला परियार, गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत वावुराम मगर, वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ, वडा नम्वर ८ का अध्यक्ष बासुदेव ढकाल, गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल, एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटा लगायतको सहभागिता रहेको थियो

images
प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - २१:५१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology