Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

धादिङको गुरुङ गाउँ जवाङमा पहिलो पटक ३ महिने गुरुङ भाषा प्रशिक्षण कार्यक्रम सुरु

धादिङको गुरुङ गाउँ जवाङमा पहिलो पटक ३ महिने गुरुङ भाषा प्रशिक्षण कार्यक्रम सुरु

images

इच्छाकामना न्युज

२, आषाढ २०८०
धादिङको गुरुङ गाउँ जवाङमा पहिलो पटक ३ महिने गुरुङ भाषा प्रशिक्षण कार्यक्रम सुरु
images

धादिङ । गुरुङ समुदायको अत्याधिक बसोबास रहेको धादिङ जिल्लाको गुरुङ गाउँ मध्यका एक बेनिघाट रोराङ गाउँपालिका वडा नं. १० मा रहेको जवाङ गाउँमा पहिलो पटक ३ महिने गुरुङ भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गुरुङ समाज जवाङको आयोजनामा शनिबारदेखि ३ महिने गुरुङ भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

352853636_765748901918668_7408838525537461898_n.jpg

त्होर्जे तमू भाईखलक जवाङ इकाइका अध्यक्ष जग बहादुर गुरुङको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रमको उद्घाटन पूर्व प्रहरी महानिरिक्षक हेम बहादुर गुरुङले पानसमा बत्ती बालेर गरेको थियो । कार्यक्रममा जिसस धादिङका सदस्य उत्तम घले, पूर्व वडाध्यक्ष अमर गुरुङ, लगायतको उपस्थिति रहेको थियो ।

353123196_294945766235290_6081213672048563254_n.jpg

आगामी ३ महिनासम्म सञ्चालन हुने भाषा प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा तमू प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष शुक्रराज गुरुङले प्रशिक्षार्थीहरुलाई गुरुङ भाषाको तालिम दिइने स्थानीय ज्ञानेन्द्र गुरुङले जानकारी दिए । । 

images
प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - २२:५७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology