मुग्लिन, १९ असोज चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा रहेको कर्तव्यनिष्ठ महिला समाज मुग्लिनले गाउँपालिका भित्रका विभिन्न रोगीपिडितहरुलाइ आर्थिक सहयोग गरेको छ। समाजले आज २ जना मृगौला रोगले पिडित र अर्को ब्लड क्यान्सर रोगले पिडितलाइ जनही ५ हजार ५ रुपैयाँको दरले १५ हजार १५ रुपैया आर्थिक सहयोग गरेको हो।
समाज बाट अर्थिक सहयोग पाउनेहरुमा इच्छाकामना ३ का मृगौला पिडित शर्मिला गुरुङ, ४ का ब्लड क्यान्सर पिडित तिमोथी परियार र ६ का मृगौला पिडीत रूद्र बहादुर बानिया रहेको समाजका अध्यक्ष सृजना बसौला देवकोटाले जानकारी दिनुभयो।