Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भरतपुरमा अघोषित लोडसेडिङ मारमास्थानीय, विद्युतका कर्मचारी ‘सिस्टम फेल’ भन्दै पन्छिँदै

भरतपुरमा अघोषित लोडसेडिङ मारमास्थानीय, विद्युतका कर्मचारी ‘सिस्टम फेल’ भन्दै पन्छिँदै

images

इच्छाकामना न्युज

१, आषाढ २०८०
भरतपुरमा अघोषित लोडसेडिङ मारमास्थानीय, विद्युतका कर्मचारी  ‘सिस्टम फेल’ भन्दै पन्छिँदै
images

चितवन । नेपाल विद्युत प्राधिकरणले भारतलाई विजुली बेच्दै गर्दा भरतपुरबासी भने अघोषित लोडसेडिङको मारमा छन् । भरतपुरमा दिनमै दर्जनौँ पटक विद्युत अवरुद्ध हुने गरेको छ । गर्मीमा पटक–पटक लाइन काटिँदा खानेपानी आपूर्ती समेत प्रभावित भएको छ । चितवन जस्तो उच्च तापक्रम हुने जिल्लामा विद्युत प्राधिकरण गैरजिम्मेवार देखिएको छ ।

पटक–पटक लाइन काटिएपछि भरतपुरबासी आक्रोशित पनि भएका छन् । विद्युत प्राधिकरणको फेसबुक पेजमा गएर लाइन काटिएकोप्रति विद्युतका उपभोक्ताले गुनासो गर्ने क्रम बढेको छ । विद्युत विकासको लागि आएको बजेटमा भ्रष्टाचार नगरी गतिलो सामान हाल्न उपभोक्ताले सुझाव दिएका छन् ।

विद्युतका कर्मचारीहरु पटक पटक ‘सिस्टम फेल’ भन्दै पन्छिएपछि उपभोक्ताले यस्तो सुझाव दिएका हुन् । उच्च गर्मीको कारण विद्युत डिमान्ड बढ्न गई दैनिक रूपमा १३२ केभी राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भइरहेको विद्युतका कर्मचारी बताउँछन् ।

‘नेपालको राष्ट्रिय प्रसारण प्रणालीलाई मजबुत बनाउन पूर्व–पश्चिम ४०० केभीको प्रसारण लाइन र ४–५ स्थानमा उत्तर–दक्षिण २२० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भई सुचारु हुन पर्ने देखिन्छ’, विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भनेको छ ।

images
प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - १०:२७:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology