Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

उपत्यका बाहिर जान नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम लागु

उपत्यका बाहिर जान नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम लागु

images

इच्छाकामना न्युज

१, आषाढ २०८०
उपत्यका बाहिर जान नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम लागु
images

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर जानका लागि नयाँ बसपार्कबाटै गाडी चढ्नुपर्ने नियम शुक्रबारबाट लागु भएको छ । 

महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न काठमाडौं महानगरले निर्देशन दिएसँगै शुक्रबारदेखि यो नियम लागु भएको हो ।

‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न सूचित गरिन्छ,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ,‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारीसाधन रोक्न निषेध गरिएको छ ।’

नियम अवज्ञा गर्ने सवारीसाधन या चालकलाई ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने पनि सूचनामा उल्लेख छ ।

images
प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - १०:१७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology