Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फ्राइडे रिलिज : ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ हलमा

फ्राइडे रिलिज : ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ हलमा

इच्छाकामना न्युज

२६, जेठ २०८०
फ्राइडे रिलिज : ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ हलमा
images

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ आजबाट प्रदर्शनमा आएका छन् ।

images
images

फूलमान बल निर्देशित चलचित्र ‘नीरफूल’ र सरोज पौडेलको निर्देशन रहेकाे ‘वेल कम टु हेम्जाकोट’ आजबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हुन् । 

पाँच वर्ष अगाडि खिचिएको सिनेमाको कोभिड–१९ का कारण रिलिज पछाडि धकेलिएको थियो । परिवारको खुसीका लागि परदेश गएका बेला नेपालमा आएको भूकम्पले परिवार तहसनहस पारेको कथा सिनेमाले भन्छ । 

चलचित्रमा दयाहाङ राई, जिग्मे छोकी घिसिङ, शान्ति वाइवा, राजन खतिवाडा, बुद्दि तामाङ, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । 

‘वेल कम टु हेम्जाकोट’ समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको सिनेमा हो । यसले वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उतार चढावलगायतका विषयवस्त उठान गरेको छ । 
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सिनेमा तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको सिनेमामा सरोज पौडेलको लेखन तथा निर्देशन छ ।

सिनेमामा बुद्दि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दिप सिग्देललगायत कलाकारको अभिनय छ ।

images
प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - ०८:४७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology