Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तराई मधेसमा अझै केही दिन तातो हावा र 'लु' चल्ने सम्भावना

तराई मधेसमा अझै केही दिन तातो हावा र 'लु' चल्ने सम्भावना

images

इच्छाकामना न्युज

२४, जेठ २०८०
तराई मधेसमा अझै केही दिन तातो हावा र 'लु' चल्ने सम्भावना
images

काठमाण्डौ । तराई मधेसमा अझै केही दिन तातो हावा र 'लु' चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तराई मधेसमा अधिकतम र न्यूनतम तापक्रम बढ्नुका साथै तातो हावासमेत चल्दा घर बाहिर निस्कनसमेत मुस्किल पर्न थालेको छ ।

सिमरा र जनकपुरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । अन्य धेरैजसो जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ । जनकपुर, विराटनगर र धरानको न्यूनतम तापक्रम नै  २७ डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ ।

यस्तै, नेपालगञ्ज, भैरहवा र दाङको घोराहीको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियसको हाराहारीमा छ। अधिकतमसँगै न्यूनतम तापक्रम पनि बढेकाले तराई मधेसका जिल्लामा हपहप गर्मी छ । तराई मधेसमा अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मीबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।

मौसमविद् रोजन लामिछानेले एक दुई दिन अझै तातो हावा चल्ने अनुमान रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी जिल्लामा भने आज पनि बेलुकी पख हल्का पानी पर्ने सम्भावना छ ।

पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । 

images
प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - ०८:०७:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology